कान्छो जिल्ला सदस्य त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

पाेखरा | भदौ १९, २०७९

कान्छो जिल्ला सदस्य त्रिपाठी प्रतिनिधिसभाको चुनाव लड्ने दौडमा

 

पोखरा  :  आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् । 

 


एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी  निवेदन माग गरेको थियो । 

 

कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत  एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन्  । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चामा आएका थिए । 

 

अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन्  । विद्यार्थी राजनीतिमा उमेर  हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजनीतिबाट राजीनामा दिएका थिए ।

 

जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ लोक प्रिय मतका साथ चुनाव जितेर उनी सवै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित भएका थिए ।

 

उनले आफ्नो अध्ययन पुरा भए पछि विद्यार्थी राजनीतिको केन्द्रीय सदस्यबाट राजीनामा दिएर खुल्ला रुपमा मुल धारको राजनीतीमा  प्रवेश गर्ने स्वघोषणा गरेका थिए । 

 

 एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी  आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिनु भयो । 

 

उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न  एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् ।  देवी सुवेदी जगत वि.क, गणेश गुरुङ , जगन्नाथ वास्तोला लगाएत रहेका छन् । 


 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्